Kathmandu Press

पार्कर खेलाडी सुनारले तेस्रोपटक वर्ल्ड रेकर्ड राख्दै

काठमाडौँ, फागुन २७ : पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का लागि आफ्नो नाम दर....

पार्कर खेलाडी सुनारले तेस्रोपटक वर्ल्ड रेकर्ड राख्दै

काठमाडौँ, फागुन २७ : पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । 

सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक ९ह्याट्रिक० वल्र्ड रेकर्ड राख्ने तयारी गरेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । 

जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलबाट दुईपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम दर्ज गरिसकेका छन् । “एक ठाउँबाट अर्को ठाउँसम्म बीचमा आउने अवरोध हटाउँदै छाटो समयमा साधारण मानिसभन्दा फरक तरिकाले पुग्नु नै पार्कर हो”, खेलाडी सुनारले भने । 
खोटाङ जिल्लामा जन्मिनुभएका सुनार पार्कर खेलको विकासका लागि पनि निरन्तर लागि रहेका छन् । 

वल्र्ड रेकर्डका लागि आजै ‘मस्ट ट्विस्टिङ्ग ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधाको रेकर्ड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलाडी सुनारलाई नेपालको झण्डा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 
 

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, फागुन २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्