Kathmandu Press

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारको घोषणा

अमेरिकाको न्युजर्सी रंगशालामा नेयमारले नै ब्राजिलका लागि सान्तवना गोल गरेका थिए । इन्जुरी टाइममा पेनाल्टीमार्फत प्रतियोगितामा एक मात्र गोल गरेका थिए । 
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारको घोषणा

काठमाडौं, असार २२ : ब्राजिलियन स्टार नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने निर्णय गरेका हुन् ।

अमेरिकाको न्युजर्सी रंगशालामा नेयमारले नै ब्राजिलका लागि सान्तवना गोल गरेका थिए । इन्जुरी टाइममा पेनाल्टीमार्फत प्रतियोगितामा एक मात्र गोल गरेका थिए । 

Hardik ivf

जारी विश्वकपमा भने उनी पूर्ण फिट नभएका कारण दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए । नेयमारले चारवटा फिफा विश्वकप खेले । 

नेयमार ब्राजिलियन राष्ट्रिय पुरुष टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । सन् २०१० मा सिनियर टोलीबाट डेब्यू गरेका ३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ खेलमा ८० गोल गरे । 

पराजयपछि भावुक हुँदै नेयमारले भने, ‘मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ । मेरो यात्रा यही रंगशालाबाट सुरु भएको थियो र यहीँ आएर अन्त्य भयो । अब सबै सकियो ।

प्रकाशित मिति: ०७:४५ बजे, सोमबार, असार २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्