Kathmandu Press

नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो

नर्वेका एर्लिङ हालान्डले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरेका हुन् । ब्राजिलका लागि अन्तिममा नेयमारले गोल फर्काएका थिए । यस जितसँगै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो
Hardik ivf

काठमाडौं, असार २२ : फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गरेको छ । सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नर्वेका एर्लिङ हालान्डले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरेका हुन् । ब्राजिलका लागि अन्तिममा नेयमारले गोल फर्काएका थिए । यस जितसँगै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नर्वेले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोसँगको विजेतासँग खेल्नेछ । 

पाँच पटकको विजेता ब्राजिलको भने विश्वकप यात्रा टुंगिएको छ ।

प्रकाशित मिति: ०७:३९ बजे, सोमबार, असार २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्