Kathmandu Press

काेराेनाबाट चीनभन्दा भारतमा धेरैकाे मृत्यु, एकैदिन ७ हजार ४ सयमा संक्रमण

काठमाडौं, जेठ १७ : भारतमा पहिलो पटक एकैदिन सात हजारभन्दा बढीमा काेरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या एक लाख ६५ हजार नाघेको छ। मृ....

काेराेनाबाट चीनभन्दा भारतमा धेरैकाे मृत्यु, एकैदिन ७ हजार ४ सयमा संक्रमण

काठमाडौं, जेठ १७ : भारतमा पहिलो पटक एकैदिन सात हजारभन्दा बढीमा काेरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या एक लाख ६५ हजार नाघेको छ। मृतकको संख्या चीनमा भन्दा बढी पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, गत २४ घन्टामा सात हजार चार सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै उच्च रहेको जनाएको छ। यस अघि एकैदिनमा संक्रमितको संख्या सात हजार पुगेको थिएन्।

शुक्रबार बिहान मात्रै पनि चार सय १३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या एक लाख ६५ हजार सात सय ९९ पुगेको छ।

तीव्रगतिमा संक्रमण फैलिन थालेसँगै भारत कोरोना महामारीको चपेटमा परेका देशहरुको सूचिमा नौं नम्बरमा पुगेको छ। बिहीबारसम्म दशौं नम्बरमा थियो।

त्यस्तै, गत २४ घन्टामा भारतमा एक सय ७७ जनाले ज्यान गुमाएका छन्। कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार हजार सात सय ११ पुगेको छ। कोरोना उद्गम भएको चीनमा चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ।

शुक्रबारसम्म भारतमा ७१ हजार एक सय ६ जना निको भएका छन्। अझै ८९ हजार नौ सय ८२ जनाको उपचार चलिरहेको छ।

भारतमा सबैभन्दा बढी महाराष्ट्र, तमिलनाडु, दिल्ली र गुजरातमा संक्रमण फैलिएको छ। महाराष्ट्रमा ५९ हजार पाँच सय ५४ जनामा कोरोना देखिएको छ। त्यसमध्ये एक हजार नौ सय ८२ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, तमिलनाडुमा १९ हजार तीन सय ७२ जनामा कोरोना देखिएको छ। उनीहरुमध्ये एक सय ४५ जनाको मृत्यु भएको छ।

दिल्लीमा संक्रमितको संख्या १६ हजार दुई सय १८ पुगेको छ भने तीन सय १६ जनाको मृत्यु भएको छ। गुजरातमा सात हजार चार सय ९५ जनामा कोरोना देखिएको छ भने तीन सय १६ जनाको मृत्यु भएको छ।

भारतका १३ शहरहरुमा महामारी फैलिएको छ। कोरोना फैलिएका शहरहरुमा मुम्बई, चेन्नेई, दिल्ली, अहमावाद, थाने, पुने, हैदरावाद, कोलकत्ता, इन्दोर, जैपुर, जोधपुर, चंगालपट्टु र धिरुभल्लुर रहेका छन्। जहाँ ७० प्रतिशत संक्रमित रहेका छन्।

प्रकाशित मिति: ११:१८ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्