Kathmandu Press

दिव्य शताब्दी पुरुष गौरीशंकरलाल दासको योगदान भावी पुस्तासम्म पुर्‍याउनु पर्छ : गगन थापा

उनले भावी पुस्ताले पनि आफ्नो गाउँ र समाजलाई गौरीशंकर लाल दासजस्ता समाजसेवी व्यक्तित्वको कर्मभूमिका रूपमा चिन्ने वातावरण बनाउनुपर्ने बताए। 
दिव्य शताब्दी पुरुष गौरीशंकरलाल दासको योगदान भावी पुस्तासम्म पुर्‍याउनु पर्छ : गगन थापा

काठमाडौं, असार २१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजसेवा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउनुपर्ने बताएका छन् ।

गौरीशंकर लाल दासको रथारोहण एव सुवार्णपुरा सम्मानमा समारोहमा बोल्दै उनले गौरीशंकर लाल दासको दीर्घायुको कामना गर्दै स्वास्थ्य सेवामार्फत समाजलाई पु¥याएको योगदान सधैं स्मरणीय रहने बताए। 

Hardik ivf

उनले भावी पुस्ताले पनि आफ्नो गाउँ र समाजलाई गौरीशंकर लाल दासजस्ता समाजसेवी व्यक्तित्वको कर्मभूमिका रूपमा चिन्ने वातावरण बनाउनुपर्ने बताए। 

उनले सिराहाबाट स्वास्थ्य सेवामार्फत लामो समयसम्म समाजको सेवा गर्दै सकारात्मक सोच र प्रेरणादायी जीवन बिताएका दासको योगदानलाई संरक्षण र सम्मान गर्न सबैले भूमिका खेल्नुपर्ने बताए।

यसैगरी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वरिष्ठ चिकित्सक तथा समाजसेवी गौरीशंकर लाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान ऐतिहासिक रहेको बताएकी छन्।

डंगोलले वीर अस्पतालमा चिकित्सकीय सेवासँगै प्रशासनिक नेतृत्वसमेत सम्हालेर उनले स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताइन्।

उनले नेपालको पहिलो दीर्घकालीन स्वास्थ्य सेवा योजना ९लङ टर्म हेल्थ केयर० गौरीशंकर लाल दासकै नेतृत्वमा भएको उल्लेख गरिन्। उनले अहिलेको स्वास्थ्य सेवा विस्तार त्यही योजनाको आधारमा अघि बढिरहेको बताइन्।

डंगोलले चिकित्सा क्षेत्रसँगै मानव अधिकार, नेपाल रेडक्रसलगायत विभिन्न सामाजिक संस्थामार्फत गौरीशंकर लाल दासले योगदान पु¥याएको बताइन्।

प्रकाशित मिति: ०९:३८ बजे, आइतबार, असार २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्