काठमाडौं लगायत देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
काठमाडौं, जेठ १६ : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव तथा पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण आज देशभर सामान्यतया मौसम....

काठमाडौं, जेठ १६ : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव तथा पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण आज देशभर सामान्यतया मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौमा आज सामान्यतया मौसम बदली रहने छ । काठमाडौ उपत्यका लगायत देशका विभिन्न ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको थियो ।
प्रकाशित मिति: ०८:५३ बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











