Kathmandu Press

रोनाल्डो र रामोसको गोल, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा 

क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले गोल गरेपछि क्रोएसियालाई २–१ ले हराउँदै पोर्चुगल अन्त्मि १६मा पुगेको हो।
रोनाल्डो र रामोसको गोल, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा 

काठमाडौं, असार १९ : पोर्चुगल जारी फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले गोल गरेपछि क्रोएसियालाई २–१ ले हराउँदै पोर्चुगल अन्त्मि १६मा पुगेको हो।

शनिबार बिहान टोरन्टो स्टेडियममा भएको खेलमा अग्रता क्रोएसियाले लियो। पहिलो हाफ बराबरीमा सकिएको खेलमा ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियाले अग्रता लियो। 

खेलको ६८औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए। यो उनको विश्वपकको पहिलो नकआउट गोल हो। 

इन्जुरी समयको  चौथो मिनेटमा राफायल लिओयोको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले सानदार हेडरमार्फत गोल गर्दै पोर्चुगललाई जित दिलाए। इन्जुरी समयको अन्तयमा क्रोएसियाले बराबरी गोल फर्काएको थियो। तर, सो गोललाई भारले अफसाइड दिएको थियो।

अब पोर्चुगलले अन्तिम १६मा स्पेनसँग खेल्ने छ।

प्रकाशित मिति: ०९:३५ बजे, शुक्रबार, असार १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्