Kathmandu Press

राष्ट्रियसभ बैठक बस्दै, यस्तो छ कार्यसूची

विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये निम्न लिखित मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि समूहीकृत रुपमा छलफल हुनेछ।
राष्ट्रियसभ बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार १९ : राष्ट्रियसभ बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार अपराह्न १स्१५ बजे सिंहदरबारमा बस्ने भएको हो।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ। 

Hardik ivf

विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये निम्न लिखित मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि समूहीकृत रुपमा छलफल हुनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, ग। पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

यसैगरी, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा पनि छलफल कार्यसूची छ।

प्रकाशित मिति: ०९:२४ बजे, शुक्रबार, असार १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्