Kathmandu Press

पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध

बिहीबार मध्याह्न जलवीरेनजिकै सुक्खा पहिरो खस्दा बाटो दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध

चितवन, असार १८ : चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। 

बिहीबार मध्याह्न जलवीरेनजिकै सुक्खा पहिरो खस्दा बाटो दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।

सडक आवागमन सञ्चालनमा ल्याउनका लागि दुईवटा मेसिनद्वारा दुवैतर्फबाट पहिरो हटाउने कार्य भइरहेको छ। 

रोकिएरका सवारीसाधनका चालकलाई लेन अनुशासन पालना गर्न सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: १३:४१ बजे, बिहीबार, असार १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्