Kathmandu Press

बोस्नियाहर्जगोभिनालाई हराउँदै अमेरिका विश्वकपको अन्तिम १६ मा

बोस्नियाहर्जगोभिनालाई पराजति गर्दै अमेरिका प्रिक्वाटरफाइनल चरणमा प्रवेश गरेको हो । अमेरिकाले बोस्नियाहर्जगोभिनालाई २-०  ले पराजित गर्‍यो ।
बोस्नियाहर्जगोभिनालाई हराउँदै अमेरिका विश्वकपको अन्तिम १६ मा

काठमाडौं, असार १८ : विश्वकपको आयोजक राष्ट्रमध्येको एक अमेरिकाले अन्तिम १६ को यात्रा तय गरेको छ ।

बोस्नियाहर्जगोभिनालाई पराजति गर्दै अमेरिका प्रिक्वाटरफाइनल चरणमा प्रवेश गरेको हो । अमेरिकाले बोस्नियाहर्जगोभिनालाई २-०  ले पराजित गर्‍यो ।

Hardik ivf

फ्लोरियन बलुगनले खेलको ४४ औँ मिनेटमा गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसअघि उनले ३१ औँ मिनेटमा पनि बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड संकेत गरेपछि गोलमा परिणत हुनसकेन । ७९ औँ मिनेटमा क्रिस्टिन पुलसिकको प्रहार गरेको बल पोस्टमा पसे पनि रेफ्रीले अफसाइड संकेत गरे ।

८१ औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै नतिजा २-० को स्थितिमा ल्याएका हुन् । ६४ औँ मिनेटमा फ्लोरियन बलुगनले रातो कार्ड पाएका थिए । अमेरिकाले आगामी यात्राका लागि बेल्जियमसँग भिड्नेछ । बेल्जिमयले सेनेगलमाथि नाटकीय जित हातपार्दै अन्तिम १६ मा प्रवेश गरेको हो । 

प्रकाशित मिति: ०८:३० बजे, बिहीबार, असार १८, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्