Kathmandu Press

इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा 

बुधबार भएको खेलमा इक्वेडरलाई २-० गोलले पराजित गर्दै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। 
इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा 

काठमाडौं, असार १७ : फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २(० गोलले पराजित गरेको छ। 

बुधबार भएको खेलमा इक्वेडरलाई २-० गोलले पराजित गर्दै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। 

खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए। 

यसैगरी, खेलको ३१ औं मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले अर्को दोस्रो गाल गर्दै मेक्सिकोलाई २० को अग्रता दिलाएका थिए।

त्यसपछि दुवै टीमले गोल गर्न सकेन । यस गोलसँगै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको हो । 

 इक्वेडरको विश्वकप यात्रा राउन्ड अफ ३२ बाट सकिएको छ । 

प्रकाशित मिति: १०:३३ बजे, बुधबार, असार १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्