Kathmandu Press

नर्वे विश्वकपको अन्तिम १६ मा प्रवेश 

अमेरिकाको डालस रङ्गशालामा भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको हो ।
नर्वे विश्वकपको अन्तिम १६ मा प्रवेश 
Hardik ivf

काठमाडौं, असार १७ : फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको डालस रङ्गशालामा भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको हो ।

नर्वेको जितका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै अग्रता दिलाए । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियालोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यसैगरी, खेलको ८६औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए ।  त्यसपछि खेलमा कुनै पनि गोल हुन सकेन । जितसँगै नर्वे अन्तिम १६ मा पुगेको छ ।  

प्रकाशित मिति: ०८:०१ बजे, बुधबार, असार १७, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्