Kathmandu Press

संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

‘नेपाल परिभाषाले संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भनेर प्रस्तावनामै लेखेको छ । तर, अभ्यास त्यस्तो छैन । किनभने नेपालमा एकाध पार्टी बाहेक संघीयताप्रति इमान्दारिता देखिएन,’ उनले भने।
संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं, असार १६ : जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन्।

मंगलबार राजनीतिज्ञ एवं सरोकारवालाबीच विचार आदान—प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तपशील बमोजिमको कार्यक्रममा बोल्दै यादवले अधिकांश प्रमुख राजनीतिक दलले संघीयताप्रति आवश्यक प्रतिबद्धता नदेखाएको बताए।

Hardik ivf

‘नेपाल परिभाषाले संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भनेर प्रस्तावनामै लेखेको छ । तर, अभ्यास त्यस्तो छैन । किनभने नेपालमा एकाध पार्टी बाहेक संघीयताप्रति इमान्दारिता देखिएन,’ उनले भने।

उनले आफू उपप्रधानमन्त्री रहेका बेला तत्कालीन नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीसँग संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर भएको उल्लेख गरे । तर, केही महिनापछि संघीयता र धर्मनिरपेक्षता बाह्य शक्तिले नेपालमा थोपरिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि सहमति कार्यान्वयनमा नआएको बताए । 

यादवले त्यसपछि शेरबहादुर देउवासँग पनि संघीयता कार्यान्वयनका लागि संविधान संशोधन तथा प्रदेश प्रहरी समायोजन लगायत विषय अघि बढाउने सहमति भएको बताए। उनका अनुसार, प्रदेश प्रहरी समायोजन ऐन, २०७६ बने पनि त्यसको कार्यान्वयनमा सरकार पछि हटेकाले संघीयता कार्यान्वयनको प्रक्रिया पुरा नभएको बताए। 

उनले कांग्रेस र कम्युनिस्ट दलहरूले संघीयताको पक्षमा सार्वजनिक रूपमा बोल्ने गरे पनि व्यवहारमा त्यसअनुसारको प्रतिबद्धता नदेखिएको बताए। 

यादवले संघीयता सफल बनाउन राजनीतिक नेतृत्वले भाषणभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए।  

प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, असार १६, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्