जुन १७ देखि इंग्लिस प्रिमियर लिग हुने
काठमाडौं, जेठ १६ : कोरोना भाइरसको महामारीले स्थगित गरिएको इंग्लिस प्रिमियर लिग यही जुन १७ देखि सुरू गरिने भएको छ ।
महामारीका कारण ९२ खेल हुन....

काठमाडौं, जेठ १६ : कोरोना भाइरसको महामारीले स्थगित गरिएको इंग्लिस प्रिमियर लिग यही जुन १७ देखि सुरू गरिने भएको छ ।
महामारीका कारण ९२ खेल हुन बाँकी रहँदा गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगका बाँकी खेल १७ जुनदेखि सुरू गर्न लागिएको हो ।
जुन १७ मा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुने भएको छ ।
बन्द रंगशालमा हुने खेलहरू २१ जुनबाट पूर्ण तहमा अर्थात सबै रंगशालामा दर्शकबिना नै पूर्ववत अवस्थामा सुरू गर्ने तयारी भएको छ ।
प्रकाशित मिति: ०६:५० बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार