तस्बिरमा हेर्नुस् बाजुराको रोपाईँ महोत्सव
परम्परागत शैलीमा धान रोपाईँ गर्दै कृषि उत्पादनमा वृद्धि,आधुनिक खेती प्रणालीको विस्तार तथा जलवायु परिवर्तनसंग अनुकूल हुने खेती प्रविधिबारे सन्देश प्रवाह गरिएको थियो।-1782735246.jpeg)
बाजुरा, असार १५ : बाजुरामा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाइएको छ। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित यहाँका नौं वटै स्थानीय तहले यो बर्षको राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाएका हुन्।
कृषि ज्ञान केन्द्र बाजुरा र विभिन्न पालिकाको कृषि शाखाको आयोजनामा दिवस मनाइएको छ। दिवसमा अवसरमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, सरोकारवाला निकाय, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, किसान र पत्रकारहरु किसानकै खेतबारीमा पुगेर हर्षोल्लासका साथ दिवस मनाएका हुन्।
जमिनमा अर्गानिक मल, परम्परा, संस्कृति र प्रविधिलाई आत्मसाथ गर्दै राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव गरिएको हो।
परम्परागत शैलीमा धान रोपाईँ गर्दै कृषि उत्पादनमा वृद्धि,आधुनिक खेती प्रणालीको विस्तार तथा जलवायु परिवर्तनसंग अनुकूल हुने खेती प्रविधिबारे सन्देश प्रवाह गरिएको थियो।
धान तथा रोपाईँ महोत्सवमा सहभागीहरुले खेतमा प्रविधि ९हाते ट्याक्टर० को सहायताले खेत जोत्दै, खन्दै असारे संस्कृति र आधुनिक प्रविधि अपनाएर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । धपधपे हिलोमा एक–आपसमा हिलो छ्याप्दै रमाइलो गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले किसानहरुमा धान तथा रोपाईँ महोत्सवको शुभकामना व्यक्त गर्दै आजको दिन ‘मानो खाएर, मुरी उब्जाउने दिन’ रहेको बताएका थिए। यस्ता खाले परम्परा र संस्कृतिलाई जीवन्त बनाईराख्न हिलो र माटोसंग रम्ने बानीको विकाश गर्नु पर्नेमा जोड दिएका थिए।








-1782735246.jpeg)



-1782735246.jpeg)





-1782735246.jpeg)


