Kathmandu Press

अमेरिकामा २४ घण्टामा २२ हजार वढी संक्रमित पुष्टि 

काठमाडौं, जेठ १६ : कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्ट....

अमेरिकामा २४ घण्टामा २२ हजार वढी संक्रमित पुष्टि 

काठमाडौं, जेठ १६ : कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २१३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ३ हजार ३२० पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या १७ लाख ६८ हजार ११६ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ९८ हजार ६७६ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति: ०६:४२ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्