Kathmandu Press

‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०’ सम्पन्न, विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शन 

असार ११ र १२ गते गरी दुई दिनसम्म सञ्चालित टेक तथा बिजनेस कार्निभलमा करिब १७० विद्यार्थी संलग्न परियोजनाहरू प्रदर्शनीमा राखिएको थियो भने ४ हजार जनाले प्रदर्शनी अवलोकन गरेका थिए । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ मा विद्यार्थीका ५५ भन्दा बढी परियोजना प्रदर्शनमा राखिएका थिए । 
‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०’ सम्पन्न, विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शन 

काठमाडौँ, असार १५ : प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसनसम्बन्धी परियोजनाको प्रदर्शनी सम्पन्न भएको छ ।

असार ११ र १२ गते गरी दुई दिनसम्म सञ्चालित टेक तथा बिजनेस कार्निभलमा करिब १७० विद्यार्थी संलग्न परियोजनाहरू प्रदर्शनीमा राखिएको थियो भने ४ हजार जनाले प्रदर्शनी अवलोकन गरेका थिए । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ मा विद्यार्थीका ५५ भन्दा बढी परियोजना प्रदर्शनमा राखिएका थिए । 

‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.० केवल प्रदर्शनी कार्यक्रम होइन, विद्यार्थीको सोच, सीप र सम्भावनालाई बजारसँग जोड्ने प्लेटफर्म हो । हाम्रो मुख्य उद्देश्य विद्यार्थीले कक्षाकोठामा सिकेका ज्ञानलाई वास्तविक समस्याको समाधानमा प्रयोग गर्न सक्छन् भन्ने देखाउनु हो ।’ प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक एवम् अध्यक्ष लक्ष्मण केसीले बताए । अध्यक्ष केसीले आगामी दिनमा इन्नोभिस्टालाई अझ व्यापक बनाउँदै नेपालमा बलियो ‘इनोभेसन इकोसिस्टम’ निर्माण गर्ने लक्ष्य राखेका छन् ।

Hardik ivf

कम्प्युटर भिजन तथा कृत्रिम बुद्धिमत्ता, आइओटी तथा रोबोटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी गरी विभिन्न विधामा विद्यार्थीले तयार पारेका परियोजना प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीमा विभिन्न क्षेत्र र व्यवसायसँग सम्बन्धित व्यक्तित्वहरुले अवलोकन गरेका थिए । पद्म ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, निम्बुस नेपालका प्रबन्ध निर्देशक आनन्द बगारिया, फुटबल खेलाडी उमेन्द्र मान सिंहका साथै प्रदिप महर्जन, आइडियाप्रेरन नेपालका फाउण्डर, कलाकार तथा व्यवसायी सञ्जोग कोइरालालगायतका व्यक्तित्वहरुले प्रदर्शनी अवलोकन गरेका थिए । 

प्रदर्शनीका आकर्षक परियोजनामा पुष्प वृष्टि गराउने एफपीभी ड्रोन, रोबो सकर्स अर्थात् फुटबल खेल्ने रोबोट, गीतमा नाच्ने डान्सिङ रोबोट, एआईमार्फत अनुहारको भाव पत्ता लगाई संगीत सिफारिस गर्ने इमोसन डिटेक्सन सिस्टम लगायत प्रदर्शनीमा राखिएको थियो । त्यस्तै, अनलाइन ठगी, डाटा लिक र बैंक खाताको सुरक्षासँग सम्बन्धित साइबर सुरक्षाका परियोजना पनि प्रदर्शनीमा राखिएका थिए । 

स्मार्ट सिँचाइ प्रणाली, ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणालीसहितको स्मार्ट होम सिस्टम, पर्यटन प्रवद्र्धन गर्ने सफ्टवेयर तथा ३६० डिग्री क्यामेराबाट रिमोटमार्फत नियन्त्रण गर्न सकिने गाडी पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । यी परियोजनाले प्रविधिको प्रयोगलाई दैनिक जीवन, सुरक्षा, कृषि, पर्यटन र व्यवसायसँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक एवम् अध्यक्ष लक्ष्मण केसीका अनुसार विद्यार्थीले तयार गरेका परियोजना केवल प्रदर्शनीका लागि मात्र नभई बजार र व्यावसायिक सम्भावनासँग पनि जोडिएका छन् । “नेपालमा पनि यस्ता नवप्रवर्तन सम्भव छन् भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो,” केसीले भने, “यी परियोजनाहरू विद्यार्थीहरूले स्क्र्याचबाट बनाएका हुन् । अब यस्ता परियोजनालाई उद्योग, लगानीकर्ता र बजारसँग जोड्ने काममा हामी केन्द्रित हुनेछौँ ।”

उनका अनुसार स्कुलको बिजनेस इन्क्युबेसन सेन्टरमार्फत सम्भावना बोकेका परियोजनालाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग गरिनेछ । आईटी र बिजनेस अध्ययन गरिरहेका विद्यार्थीबीचको सहकार्यबाट परियोजनालाई बजार, लगानी र स्टार्टअपका लागि तयार पारिने कलेजको योजना छ ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलका निर्देशक तथा प्रिन्सिपल कल्पना गुरुङले हरेक वर्ष यस्तो इभेन्ट आयोजना गर्ने बताएकी छन् । “यो इभेन्ट हरेक वर्ष आयोजना गरिनेछ । उद्योगी र लगानीकर्तालाई आमन्त्रण गरेर विद्यार्थीलाई रोजगारी र स्टार्टअप अवसरसँग जोड्ने हाम्रो उद्देश्य हो ।” गुरुङले भनिन् । 

हाल प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा करिब १४ सय विद्यार्थी अध्ययनरत छन् । स्कुलमा ९० भन्दा बढी प्राध्यापक र ४५ भन्दा बढी व्यवस्थापन कर्मचारी कार्यरत रहेको कलेजले जनाएको छ ।

प्रकाशित मिति: ०८:३५ बजे, सोमबार, असार १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्