Kathmandu Press

दक्षिण अमेरिका : कोभिड-१९ को नयाँ एपिसेन्टर

विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिका कोरोना भाइरस महाव्याधिको नयाँ एपिसेन्टर बनेको बताएको छ।

“एक अर्थमा दक्षिण अमेरिका रोगको नयाँ एपिसेन्टर बनेको छ। ....

दक्षिण अमेरिका : कोभिड-१९ को नयाँ एपिसेन्टर

विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिका कोरोना भाइरस महाव्याधिको नयाँ एपिसेन्टर बनेको बताएको छ।

“एक अर्थमा दक्षिण अमेरिका रोगको नयाँ एपिसेन्टर बनेको छ। थुप्रै दक्षिण अमेरिकी दशेमा संक्रमण बढ्दै गएको हामीले देखेका छौं,” विश्व स्वास्थ्य संगठनको इमर्जेन्सिज डाइरेक्टर माइक रायनले भने,“ती देशमा चिन्ता बढेको छ तर अहिले ब्राजिल सबैभन्दा धेरै प्रभावित छ।”

नोभेल कोरोना भाइरसका कारण ब्राजिलमा अहिलेसम्म २६ हजार ९ सयस ९१ ले ज्यान गुमाएका छन्। देशमा चार लाख ३८ हजारभन्दा धेरै संक्रमित छन्। परीक्षणको अभाव भएकाले वास्तविक संख्या अझ धेरै हुनसक्ने विशेषज्ञहरूले बताएका छन्।

Hardik ivf

संक्रमित र मृतकको संख्यामा तिव्र वृद्धि भएसँगै अमेरिकापछि ब्राजिल धेरै संक्रमण भएको देश हो। ब्राजिलको कुल जनसंख्या २१ करोड छ। आधिकारिक तथ्याङ्क अनुसार मात्रै ११ दिनमा मृतकको संख्या दोब्बर पुगेको छ।

“सबैभन्दा धेरै संक्रमण साउ पाउलो क्षेत्रमा भएको छ,” रायनले भने,“तर सबैभन्दा धेरै आक्रमण दर अमेजोनासमा छ। प्रति एक लाख जनसंख्यामा करिब ४९० जना संक्रमित छन्। यो असाध्यै धेरै हो।”

ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोभिड १९ को मध्यम संक्रमण भए पनि औलोविरूद्ध प्रयोग हुने क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रयोग गर्न सिफारिस गरेको छ। रोगको उपचारमा प्रभावकारी भएको निर्णायक प्रमाण नभए पनि राष्ट्रपति हायर बोल्सोनारोले ती औषधिको प्रयोगमा जोड दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्सीक्लोरोक्विन प्रयोग गरिरहेको आश्चर्यजनक घोषणा गरे। कोरोनाभाइरसविरूद्ध उपयुक्त नभएको ट्रम्प सरकारकै विशेषज्ञहरूले बताएका छन्।

कोभिड १९ को उपचारका लागि हाइड्रोक्सीक्लोरोक्विन र क्लोरोक्विन दुवै प्रभावनकारी हुने पुष्टि नभएको रायनले जोड दिए। रोगको प्रभावकारी उपचार पत्ता लगाउनलाई विश्व स्वास्थ्य संगठनले संयोजन गरेको क्लिनिकल परीक्षणमा प्रयोग केही औषधिमध्ये ती दुई पनि पर्दछन्। विश्वभर १७ देशका ३२० अस्पतालमा करिब तीन हजार बिरामी परीक्षणमा सहभागी छन्।

“प्यान अमेरिकन हेल्थ अगर्नाइजेसनले सञ्चालन गरेको हाम्रो क्लिनिकल र प्रणालीगत अध्ययन र वर्तमान क्लिनकल प्रमाणले कोभिड १९ को उपचारका लागि हाइड्रोक्सीक्लोरोक्विनको प्रयोगलाई समर्थन गर्दैन। परीक्षण पूरा भएपछि हामीले प्रष्ट नतिजा पाउनेछौं,” रायनले भने।

प्रकाशित मिति: ०७:०९ बजे, शुक्रबार, जेठ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्