Kathmandu Press

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

नेपालले कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणबारे इमानदार समीक्षा गर्नुपर्नेमा जोड दिए। व्यक्तिवाद, भ्रष्टाचार, जनतासँगको दूरी, बदलिँदो सामाजिक मनोविज्ञान बुझ्न नसक्नु र संगठनभित्र देखिएका विकृतिहरू आन्दोलन कमजोर बन्नुका प्रमुख कारण हुन सक्ने उनको भनाइ थियो।
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

काठमाडौं, असार १४ : नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताएका छन्।

मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले मदन भण्डारीको विचार र नेतृत्वले नेपालको राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याएको बताए।

उनले जनताको बहुदलीय जनवाद ९जबज० नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण वैचारिक उपलब्धि भएको उल्लेख गर्दै त्यसको भूमिका उच्च मूल्याङ्कन गर्नुपर्ने धारणा राखे । साथै, वर्तमान परिवेशमा समाजवादी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर बहस र आत्ममन्थन आवश्यक रहेको बताए।

Hardik ivf

‘कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्छ। जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण वैचारिक उपलब्धि हो, त्यसको उच्च मूल्याङ्कन हुनुपर्छ। अहिले समाजवादी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर बहस र आत्ममन्थन आवश्यक छ,’ उनले भने।

नेपालले कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणबारे इमानदार समीक्षा गर्नुपर्नेमा जोड दिए। व्यक्तिवाद, भ्रष्टाचार, जनतासँगको दूरी, बदलिँदो सामाजिक मनोविज्ञान बुझ्न नसक्नु र संगठनभित्र देखिएका विकृतिहरू आन्दोलन कमजोर बन्नुका प्रमुख कारण हुन सक्ने उनको भनाइ थियो। उनले नेपालका सबै कम्युनिस्ट घटकले आफ्ना–आफ्ना पार्टीभित्र आत्मचिन्तन र आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले कम्युनिस्ट एकता केवल नाराले सम्भव नहुने भन्दै साझा मुद्दामा सहकार्य गर्दै विश्वास र सिद्धान्तका आधारमा बलियो तथा दिगो एकता निर्माण गर्नुपर्ने बताए। ‘कुराले चिउरा भिज्दैन’ भन्ने मदन भण्डारीको भनाइ स्मरण गर्दै उनले व्यवहारमा आधारित सहकार्यको आवश्यकता औँल्याए।

‘कम्युनिस्ट आन्दोलन किन कमजोर भयो भन्ने विषयमा इमानदार आत्मसमीक्षा गर्नुपर्छ। व्यक्तिवाद, भ्रष्टाचार, जनतासँगको दूरी र संगठनभित्र देखिएका विकृतिहरूको समीक्षा नगरी अघि बढ्न सकिँदैन। सबै कम्युनिस्ट घटकले आत्मचिन्तन गर्नुपर्छ। कम्युनिस्ट एकता नाराले होइन, साझा मुद्दामा सहकार्य, विश्वास र सिद्धान्तका आधारमा निर्माण हुनुपर्छ। कमरेड मदन भण्डारीले भनेझैँ, ‘कुराले चिउरा भिज्दैन।’ त्यसैले व्यवहारमै एकता र सहकार्य देखिनुपर्छ,’ उनले भने।

नेपालले नेपालको राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गर्दै विदेशी शक्तिको बढ्दो प्रभावप्रति सतर्क रहनुपर्ने बताए। नेपाल कुनैपनि छिमेकी राष्ट्रविरुद्ध गतिविधि सञ्चालन गर्ने केन्द्र बन्न नहुने उल्लेख गर्दै राष्ट्रिय हितको रक्षा गर्न सबै देशभक्त शक्तिहरूबीच एकता आवश्यक रहेको उनको भनाइ थियो।

वर्तमान सरकारको परराष्ट्र नीतिप्रति पनि उनले प्रश्न उठाए । विदेशी शक्तिको चलखेलप्रति सरकार पर्याप्त सचेत नरहेको आरोप लगाउँदै लोकतन्त्र, गणतन्त्र र जनअधिकारको संरक्षणमा कम्युनिस्ट शक्तिहरू अग्रसर हुनुपर्ने उनले बताए।

‘राष्ट्रियतासामु अहिले ठूलो चुनौती छ। विदेशी शक्तिको बढ्दो चलखेलप्रति सचेत हुनुपर्छ। नेपाल कुनैपनि छिमेकी राष्ट्रविरुद्ध गतिविधि सञ्चालन गर्ने केन्द्र बन्नु हुँदैन। राष्ट्रिय हितको रक्षा गर्न सबै देशभक्त शक्तिहरू एकजुट हुन आवश्यक छ। वर्तमान सरकार यस विषयमा पर्याप्त संवेदनशील देखिएको छैन। लोकतन्त्र, गणतन्त्र र जनअधिकारको संरक्षणमा कम्युनिस्ट शक्तिहरूले अग्रसर भूमिका खेल्नुपर्छ,’ उनले भने।

उनले कम्युनिस्ट नेताहरू जनताको बीचमा पुगेर उनीहरूको समस्या र पीडालाई उठाउनुपर्ने आवश्यकता औँल्याउँदै संसद्, सडक र जनस्तरमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। आत्मकेन्द्रित सोच र स्वार्थी प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाउने भएकाले त्यसबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो।

मदन भण्डारीको योगदान स्मरण गर्दै नेपालले उनको दूरदृष्टि, संगठनात्मक अनुशासन, लोकतान्त्रिक अभ्यास र कार्यकर्तालाई उत्साहित गर्ने नेतृत्व शैलीबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताए। उनले मदन भण्डारीको मृत्युलाई अझै पनि शंकास्पद घटना भन्दै त्यसको सत्यतथ्य उजागर हुनुपर्ने धारणा पनि व्यक्त गरे।

प्रकाशित मिति: १६:३१ बजे, आइतबार, असार १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्