Kathmandu Press

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने

अस्पताल प्रशासनले सूचना जारी गर्दै आगामी २०८३ असार १५ गतेदेखि बीमा अन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो।
शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने

काठमाडौं, असार १४ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ। 

अस्पताल प्रशासनले सूचना जारी गर्दै आगामी २०८३ असार १५ गतेदेखि बीमा अन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो।

अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपिडी टिकट वितरणका लागि निश्चित समय समेत तोकिएको छ। सेवाग्राहीले बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म र दिउँसो १ः०० बजेदेखि २ः३० बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट लिन सकिने छ । 

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, असार १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्