Kathmandu Press

सिम र रिचार्ज कार्डमा थपियो कर, अब कति लाग्छ ?

काठमाडौं, जेठ १५ : सरकारले टेलिफोन स्वामित्व शुल्कमार्फत कर थप गरेको छ। 

आर्थिक वर्ष २०७७–०७८ को आर्थिक ऐन मार्फत टेलिफोन स्वामित....

सिम र रिचार्ज कार्डमा थपियो कर, अब कति लाग्छ ?

काठमाडौं, जेठ १५ : सरकारले टेलिफोन स्वामित्व शुल्कमार्फत कर थप गरेको छ। 

आर्थिक वर्ष २०७७–०७८ को आर्थिक ऐन मार्फत टेलिफोन स्वामित्व शुल्क उठाउने नीति लिएको छ। अब मोबाइल टेलिफोनको हकमा प्रत्येक सिमकार्ड र रिचार्ज शुल्कको दुई प्रतिशतको दरले टेलिफोन स्वामित्क शुल्क लाग्ने छ। 

यस्तै, टेलिफोन जडान गर्ने ग्राहकबाट टेलिफोन स्वामित्व शुल्कबापत पाँच सय रुपैयाँ असुल गरिने आर्थिक ऐनमा उल्लेख छ। ‘टेलिफोन जडान गर्ने ग्राहकबाट टेलिफोन स्वामित्व शुल्क बापत पाँचसय रुपैयाँ असुल गरिनेछ। टेलिफोन स्वामित्व परिवर्तन भएको अवस्थामा टेलिफोनको स्वामित्व प्राप्त गर्ने व्यक्तिबाट समेत त्यस्तो शुल्क असुल गरिनेछ,’ ऐनको दफा १४ (१) मा भनिएको छ, ‘तर मोवाइल टेलिफोनको हकमा प्रत्येक सिमकार्ड र रिचार्ज शुल्कको दुई प्रतिशतका दरले टेलिफोन शुल्क लाग्नेछ।’ 

टेलिफोन स्वामित्व शुल्क बमोजिमको शुल्क दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले असुल गरी प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गतेभित्र राजश्व खातामा दाखिल गर्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ।

प्रकाशित मिति: २०:३४ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्