Kathmandu Press

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहको चितवनबाट जवाफ फर्काएको भन्दै सदनबाट नै उत्तर दिनुपर्ने बताए।
प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई
Hardik ivf

काठमाडौं, असार १४ : श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहको चितवनबाट जवाफ फर्काएको भन्दै सदनबाट नै उत्तर दिनुपर्ने बताए।

‘सदनमा विरोधक लागि विरोध गरेको होइन। प्रधानमन्त्रीले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भन्ने माग लामो समयदेखि राख्दै आएका थियौँ। त्यसको सुनवाइ अहिलेसम्म पनि भएन,’ उनले भने, ‘के प्रधानमन्त्रीले दिनुभएका अभिव्यक्ति राष्ट्रहितमा थियो? राष्ट्रको हितमा छ भने माग गर्दछु रेकर्डबाट नहटाइयोस्,’ तर यदी राष्ट्रघाती अभिव्यक्ति दिनुभएको हो भने हटाइयोस्। चितवनबाट उहाँको उत्तर चाहेको होइन् हामीले यो सदनबाट उत्तर खोजेका हौं।’

प्रकाशित मिति: १२:५७ बजे, आइतबार, असार १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्