Kathmandu Press

भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने अन्य ३,३६० जना घाइते छन्। 
भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते

एजेन्सी, असार १३ : भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या बढिरहेको छ।

भूकम्पपछि त्यहाँ २० भन्दा बढी पराकम्प रेकर्ड गरिएको भेनेजुएला फाउन्डेसन फर सिस्मोलोजिकल रिसर्चले जनाएको छ।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने अन्य ३,३६० जना घाइते छन्। 

Hardik ivf

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प एक मिनेटभन्दा कम समयको अन्तरमा आएका थिए।

photo-11_7f675985-1782557111.jpg
 

भूकम्पबाट बचेकी मिकाएला ओभेलारले त्यो डरलाग्दो क्षणलाई कुनै भयावह फिल्मको दृश्यजस्तै भएको बताइन्। ‘साँझ करिब ६ बजेको समय थियो। सार्वजनिक बिदा भएकाले धेरै परिवार घरमै थिए। त्यही बेला मैले पहिलो ७.२ म्याग्निच्युडको भूकम्प महसुस गरेँ। त्यसलगत्तै एक मिनेटभन्दा कम समयमै दोस्रो, अझ शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्प आयो। जमिन हल्लिनै छाडेन। गाडीहरूको अलार्म बजिरहेको थियो, सडक भत्किएको आवाज सुनिन्थ्यो। मानिसहरू ज्यान जोगाउन यताउता दौडिरहेका थिए। रुखहरू जोडले हल्लिरहेका थिए। त्यो दृश्य कुनै भयावह चलचित्रभन्दा कम थिएन। सबैजना त्रसित र आतंकित थिए।’

ओभेलारका अनुसार प्रभावित क्षेत्रमा अहिले खाद्यान्न आपूर्तिमा समस्या भएको छ। साथै, विद्युत्, खानेपानी र इन्टरनेट सेवासमेत गम्भीर रूपमा प्रभावित भएका छन्।

राजधानी नजिक रहेको भेनेजुएलाको सबैभन्दा ठूलो विमानस्थल माइकेटिया सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि भूकम्पबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको छ। विमानस्थल हाल बन्द रहेको छ र सबै व्यावसायिक उडानहरू रद्द गरिएको छन्।

photo-2_4d9cbb02-1782557111.jpg
 

भुकम्पमा परी अझै १७२ जना भग्नावशेषमुनि फसेका छन् भने ३,००७ जना विस्थापित भएका छन्। भूकम्पका कारण ३८३ वटा भवनमा क्षति पुगेको छ, जसमा १३ वटा अस्पताल र २५ वटा व्यापारिक केन्द्र पनि समावेश छन्। साथै, अन्य १,००२ वटा संरचनामा विभिन्न स्तरको क्षति पुगेको उनले बताए।

शुक्रबार दिउँसोसम्म ८७१ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी राहत तथा उद्धार कार्यमा सहयोग गर्न भेनेजुएला पुगेका छन्।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले शुक्रबार देशको सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक ला ग्वाइरा राज्यलाई उद्धार कार्यलाई सहज बनाउन तथा सुरक्षा सुनिश्चित गर्न सैनिक नियन्त्रणमा राखिएको घोषणा गरेकी छन्। 

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, असार १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्