Kathmandu Press

रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया- संगठन र समावेशिता दुवैमा सुधार

भूगोलमा सक्रिय रूपमा खटिने, संगठन निर्माण र आन्दोलनमा योगदान दिनेहरुलाई देशभरबाट आएका प्रतिनिधिहरुले विशेष प्राथमिकता दिएको बताए। 
रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया- संगठन र समावेशिता दुवैमा सुधार

चितवन, असार १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनले समावेशिकरणलाई विशेष प्राथमिकता दिएको दावी गरेका छन् ।

महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित टिमभित्र समावेशिकरणलाई विशेष ध्यान दिइएको बताए । उनले संगठनात्मक सुदृढीकरण, समावेशिता र कार्यकर्ताको भूमिकालाई विशेष रुपमा मूल्यांकन गरिएको पनि बताए। 

Hardik ivf

ढकालले तल्लो तहसम्म संगठन अझै पूर्ण रूपमा प्रशिक्षित भइनसकेको स्वीकार गर्दै पार्टीभित्रको नेतृत्व चयन प्रक्रियामा कुनै कमजोरी नभएको पनि बताए। उनका अनुसार भूगोलमा सक्रिय रूपमा खटिने, संगठन निर्माण र आन्दोलनमा योगदान दिनेहरुलाई देशभरबाट आएका प्रतिनिधिहरुले विशेष प्राथमिकता दिएको बताए। 

‘तल्लो तहसम्म संगठन अझै पूर्ण रूपमा प्रशिक्षित भएको छैन, तर प्रतिनिधिहरूले संगठनमा दुःख गर्ने, भूगोलमा खटिने टिमलाई विवेकपूर्वक चयन गर्नुभएको छ । समावेशिताको हिसाबले पनि यस पटकको केन्द्रीय समिति राम्रो बनेको छ । महिलाहरू राजनीतिमा आउन अझै कठिन बाटो पार गर्नुपर्छ, तर सहभागिता बढेको छ । यो सकारात्मक संकेत हो,’ उनले भने।

उनले समग्र निर्वाचन परिणामलाई संकेत गर्दै पार्टीप्रति समर्पित कार्यकर्ताको मेहनतलाई प्रतिनिधिहरूले विवेकपूर्ण ढंगले मूल्यांकन गरेको बताए।

ढकालले नयाँ केन्द्रीय समिति अघिल्लो संरचनाको तुलनामा सुधारिएको उल्लेख गरे। उनका अनुसार नयाँ टिममा समावेशिता राम्रो रूपमा सुनिश्चित गरिएको छ, यद्यपि केही पक्षमा अझ सुधारको आवश्यकता रहेको उनले संकेत गरे।

ढकालले विशेषगरी महिलाहरू राजनीतिमा आउनका लागि अझै पनि चुनौतीपूर्ण बाटो पार गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनीहरूको सहभागिता बढ्दै गएकोमा सकारात्मक संकेत देखिएको बताए।

प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, असार १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्