Kathmandu Press

रास्वपाको नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गर्‍यो : ऐन महर

‘अलोकतान्त्रिक निर्वाचन पद्धति र समयमा प्रक्रिया सम्पन्न गर्न नसक्ने नेतृत्वले देशको नेतृत्व गर्न सक्दैन।’
रास्वपाको नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गर्‍यो : ऐन महर

काठमाडौं, असार १२ : नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाएका छन्।

उनले १४२ सिट जितेको पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहितका चर्चित अनुहारहरूको उपस्थिति र १०–१२ हजारको भीडलाई ‘ठूलो कुरा’ मान्न नसकिने बताए।

Hardik ivf

‘फेसबुक फ्यान फलोअर्स’ को आधारमा मात्रै पार्टी सञ्चालन हुन नसक्ने जिकिर गर्दै उनले चार हजार भन्दा बढी प्रतिनिधिहरू र सात दिनसम्म पनि महाधिवेशन नसक्नुलाई अस्वभाविक र कमजोर व्यवस्थापनको संज्ञा दिए।

उनले महाधिवेशनमा देखिएको ढिलासुस्तीका कारण प्रत्यक्ष रूपमा जनताका कामहरू प्रभावित भएको भन्दै कडा आलोचना गरेका छन्। उनले भने, ‘अलोकतान्त्रिक निर्वाचन पद्धति र समयमा प्रक्रिया सम्पन्न गर्न नसक्ने नेतृत्वले देशको नेतृत्व गर्न सक्दैन।’

हचुवाको भरमा निर्णय लिने प्रवृत्तिका कारण रास्वपाको नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गएको उनको दाबी छ। यस्ता व्यवस्थापकीय कमजोरी र आन्तरिक समस्याले पार्टीको विश्वसनीयतामाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको महरको ठहर छ।

पूरानै शैलीको राजनीतिक अभ्यासलाई नयाँ भन्दै जनतामा भ्रम छर्न खोजेको आरोप लगाउँदै महरले रास्वपाको कार्यशैलीमाथि प्रहार गरका छन्। हचुवामा निर्णय गर्ने र नेतृत्वको क्षमता प्रदर्शन गर्न नसक्ने प्रवृत्तिले कार्यकर्ता र जनतामा नकारात्मक प्रभाव पार्ने उनले बताए। 

छोटो समयमै ठूलो चर्चा बटुलेको रास्वपाले महाधिवेशन जस्तो महत्त्वपूर्ण अवसरमा देखाएको यस्तो दृश्यले पार्टीको भविष्य र नेतृत्वको गम्भीरतामाथि प्रश्न उठाएको छ। 

प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, असार १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्