Kathmandu Press

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी हुन्।
रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

चितवन, असार १२ : रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन्। 

महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी हुन्।

यसअघि कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर) र शिशिर खनाल तथा राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिइसकेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ। 

प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, असार १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्