Kathmandu Press

बुर्लाकोटी, पराजुली र न्यौपानेले विपीन आचार्यलाई समर्थन गर्ने, रास्वपा महासिचवमा ५ जना प्रतिस्पर्धी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीका उम्मदवारी दिएका कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै अर्का उम्मेदजवार विपीन आचार्यलाई समर्थन गर्ने निर्णय गरेका छन्।
बुर्लाकोटी, पराजुली र न्यौपानेले विपीन आचार्यलाई समर्थन गर्ने, रास्वपा महासिचवमा ५ जना प्रतिस्पर्धी

चितवन, असार १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीका उम्मदवारी दिएका कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै अर्का उम्मेदजवार विपीन आचार्यलाई समर्थन गर्ने निर्णय गरेका छन्।

महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै तीनै जनाले आफूहरुको समर्थन आचार्यलाई रहेको घोषणा गरे। आचार्य निवर्तमान सहमहामन्त्री हुन्।

यसअघि उम्मेदवारी फिर्ता लिएका जगदीश खरेल र शिशिर खनाल समेतले आचार्यलाई समर्थन गर्ने बताइएको छ। 

महासचिवमा उम्मेदवारी दिएका रघुनाथ पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका छन्। योसँगै अब महासचिवमा ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। जसमा आचार्यसँगै मनिष झा, गणेश कार्की, रञ्जु दर्शना, सागर ढकाल छन्।

प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, असार १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्