रास्वपा महाधिवेशन : बुर्लाकोटी र खरेलले महासचिवबाट फिर्ता लिए उम्मेदवारी
निवर्तमान महामन्त्री रहेका बुर्लाकोटी र केन्द्रिस सदस्य निर्वाचित खरेलले उम्मेदवारी फिर्ता लिएपछि अब महामन्त्रीमा ८ जनाबीच प्रतिस्पर्धा हुनेछ।
चितवन, असार १२ : राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका कबिन्द्र बुर्लाकोटी र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका छन्।
निवर्तमान महामन्त्री रहेका बुर्लाकोटी र केन्द्रिस सदस्य निर्वाचित खरेलले उम्मेदवारी फिर्ता लिएपछि अब महामन्त्रीमा ८ जनाबीच प्रतिस्पर्धा हुनेछ।
पूर्वमन्त्री समेत रहेका खरेलले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको जनाएका छन्। लामो बाटो तय गर्न बाँकी रहेको भन्दै सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको उनले उल्लेखग रेका छन्।
अब महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यबीच प्रतिस्पर्धा हुनेछ।
प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, असार १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












