Kathmandu Press

छायाँ सरकारका अर्थमन्त्री मिनेन्द्र रिजाल भन्छन्- सरकारको असफलता बजेटमा देखियो 

काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले सरकारको असफलता बजेटमा देखिएको....

छायाँ सरकारका अर्थमन्त्री मिनेन्द्र रिजाल भन्छन्- सरकारको असफलता बजेटमा देखियो 
फाइल

काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले सरकारको असफलता बजेटमा देखिएको बताएका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि बिहीबार संसद भवनबाहिर प्रतिक्रिया दिँदै डा. रिजालले सरकारको असफलता बजेटमा देखिएको बताएका हुन्।  

कोरोना कहरबाट मुलुकलाई पार लगाउँदै अर्थतन्त्रलाई जोगाउने बेला आएको बजेटमा कुनै नयाँ भिजन नदेखिएको उनले बताए।

‘यत्ति अप्ठ्यारो अवस्थामा सरकारले आँखा खोल्नु पर्ने थियो। चौडा भिजन बनाउन जरुरी थियो। कोरोनाका कारणले अर्थतन्त्र बिग्रिएको छ। र, अहिले कोरोनाविरुद्धमै ध्यान केन्द्रित गरेका छौं,’ उनले भने,‘अर्थमन्त्री राजनीति गरेर आउनु भएको होइन। प्रोफेसनल व्यक्ति हो। प्रोफेसनल व्यक्तिले पोलिटिकल कल दिनु पर्ने थियो। त्यो सक्नुभएन दुई तिहाइको सरकारले कठिनाइमा नयाँ भिजनमा ल्याउनु पर्थ्यो। सरकारको असफलताको प्रमाणका रुपमा यो दस्तावेज आएको छ।’ 

उनले कोरोना सुरु नहुँदै आएको अर्थतन्त्र शिथिल बनेको रिपोर्ट आएको स्मरण गर्दै राजश्व २२ प्रतिशतले बढ्न नसक्ने बताए। चालू आर्थिक वर्षमा राजश्व वृद्धिदर ९ प्रतिशत मात्र रहेको बताउँदै उनले आगामी आर्थिक वर्षमा २२ प्रतिशतले बढाउने कुरा विश्वासयोग्य नभएको बताए।

यस्तै, वैदेशिक ऋण समेत तीन खर्ब उठाउन नसकिने बताए। ‘चालू आर्थिक वर्षमा १ खर्ब २१ करोड ऋण आएको छ। त्यसैले १५० प्रतिशतले वैदेशिक ऋण बढाउने कुरा विश्वासयोग्य होइन। वैदेशिक ऋण नआएपछि आन्तरिक ऋण उठाउनुपर्ने हुन्छ,’ उनले भने,‘त्यसले आज दुखः पाएका उद्योग व्यवसायले कर्जाका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। जसरी कोरोनाको प्रभावबाट अर्थतन्त्रलाई जोगाउनुपर्ने बजेट आउनुपर्ने थियो, त्यो भएन।’
 

प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्