Kathmandu Press

इक्वेडरसँग ४ पटकको विश्व बिजेता जर्मनी पराजित, पहिलोपटक विश्वकपको नकआउटमा आइभरीकोस्ट

समूह इ को अन्तिम खेलमा इक्वेडरले ४ पटकको विश्व बिजेता जर्मनीलाई २-१ ले हराएको हो । यसअघि जर्मनीले पहिलो खेलमा क्युरासाओलाई ७-१ र आइभरीकोस्टलाई २-१ ले पराजित गरेको थियो । ६ अंक पाएको जर्मनी गोल अन्तरका कारण तालिकाको शीर्षस्थानमा छ । 
इक्वेडरसँग ४ पटकको विश्व बिजेता जर्मनी पराजित, पहिलोपटक विश्वकपको नकआउटमा आइभरीकोस्ट

काठमाडौं, असार १२ : समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ ।

समूह इ को अन्तिम खेलमा इक्वेडरले ४ पटकको विश्व बिजेता जर्मनीलाई २-१ ले हराएको हो । यसअघि जर्मनीले पहिलो खेलमा क्युरासाओलाई ७-१ र आइभरीकोस्टलाई २-१ ले पराजित गरेको थियो । ६ अंक पाएको जर्मनी गोल अन्तरका कारण तालिकाको शीर्षस्थानमा छ । 

Hardik ivf

जर्मनीका लेरी सेनले खेलको २ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि इक्वेडरका निल्सन आर्ग्युलोले खेलको नौ मिनेटमा गोल फर्काउँदै बराबरीमा ल्याए ।

यस्तै दोस्रो हाफको ७७ औँ मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै अग्रता बढाए । अन्तिम समयसम्म इक्वेडरले उक्त गोलको रक्षा गर्दा जर्मनी २-१ ले पराजित हुन पुगेको हो । इक्वेडरले तालिकामा चार अंक जोड्दै नकआउट सुरक्षित गर्‍यो । तालिकामा इक्वेडर तेस्रो स्थानमा छ ।

यता क्युरासाओलाई हराउँदै आइभरीकोस्ट पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । आइभरीकोस्टको जितमा दुवै गोल निकोलस पेपेले गरे । क्युरासाओसँग आइभरीकोस्ट २-० ले विजयी भएको हो । यसअघि आइभरीकोस्टले इक्वेडरलाई पराजित गरेको थियो । आइभरीकोस्टले पनि ६ अंक जोडेको छ ।  

प्रकाशित मिति: ०८:४३ बजे, शुक्रबार, असार १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्