रास्वपा पदाधिकारी चयनका लागि ४ बजेबाट मतदान
रास्वपा नेता मनिष झाका अनुसार पदाधिकारीका लागि अपराह्न ४ बजेबाट मतदान सुरु हुनेछ।
चितवन, असार ११ : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारीका लागि मतदानको समय तय भएको छ।
रास्वपा नेता मनिष झाका अनुसार पदाधिकारीका लागि अपराह्न ४ बजेबाट मतदान सुरु हुनेछ। रास्वपाको सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।
९९ केन्द्रीय सदस्य चयनका लागि भएको मतदान भने सकिएको छ।
६ पदाधिकारीका लागि निर्वाचन हुनेछ । खुला उपसभापति–१, महिला उपसभापति–१, खुला महामन्त्री–१ र खुला सहमहामन्त्री–२ र महिला सहमहामन्त्री–१ पदका लागि निर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति: १४:०२ बजे, बिहीबार, असार ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









