बजेट कार्यान्वयन चुनौतीपूर्ण छ : पूर्वअर्थमन्त्री पाण्डे
काठमाडौं, जेठ १५ : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७....

काठमाडौं, जेठ १५ : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ का लागि बिहीबार संघीय संसदमा प्रस्तुत गरेको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
सरकारले भने जस्तो वैदेशिक ऋण प्राप्त हुने अवस्था नरहेको पाण्डेको भनाइ छ।
उनले राजश्व कम उठ्ने र वैदेशिक ऋणसमेत पाउन गाह्रो हुने अवस्थामा आन्तरिक ऋणमा जोड दिनुपर्ने अवस्था रहेको बताए। स्रोतमाथि दवाव बढेका कारण तरलतामा चाप बढेको उनको भनाइ छ। कोरोनाबाट उपचार गर्न स्वास्थ्यमा क्षेत्रतर्फ बजेट जोड दिएको भन्दै यसलाई पाण्डेले सकारात्मक भनेका छन्।
ब्याजमा र करमा छुट दिएर व्यवसायिक बनाउन खोजेकाले बजेटको सकारात्मक पाटोकोरुपमा पाण्डेले व्याख्या गरे।











