काठमाडौं फर्किए प्रधानमन्त्री बालेन
७ असारमा श्रीमती र छोरीसहित पार्टीको पहिलो महाविधेशनमा सहभगाी हुन चितवन आएका उनी महाधिवेशन नसकिँदै आज काठमाडौं फर्किएका हुन्।
काठमाडौं, असार १० : प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्।
७ असारमा श्रीमती र छोरीसहित पार्टीको पहिलो महाविधेशनमा सहभगाी हुन चितवन आएका उनी महाधिवेशन नसकिँदै आज काठमाडौं फर्किएका हुन्।
बालेनसहित उनका सचिवालयका केही सदस्य पनि काठमाडौं फर्किएका छ्न्।
बालेनले असार ७ गते भएको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरे थिए। त्यसपघि उनले चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्र भ्रमण गरेका थिए।
महाधिवेनमा बालेन सभापतिमा रवि लामिछानेको प्रस्तावक बसेका थिए। ।
सोही रिर्सोटमा खिचेको फोटो फेसबुकमा राखेर बालेनले लेखेका छन्, ‘भिजिट चितवन, न्यानो ठाउँ ।’
प्रकाशित मिति: १२:३८ बजे, बुधबार, असार १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












