Kathmandu Press

बुडामिरको निर्णयक गोलमा क्रोएसियाको जित, रोकियो इंग्ल्यान्ड

क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान भएको खेलमा खेलमा क्रोएसियाले पानामालाई १–० ले  हरायो। 
बुडामिरको निर्णयक गोलमा क्रोएसियाको जित, रोकियो इंग्ल्यान्ड

काठमाडौं, असार १० : फिफा विश्वकपमा क्रोएसियाले जित हात पारेको छ। 

क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान भएको खेलमा खेलमा क्रोएसियाले पानामालाई १–० ले  हरायो। 

Hardik ivf

दोस्रो हाफ सुरु भएपछि मैदान प्रवेश गरेका आन्ते बुडामिरले गोल गर्दै अग्रता दिलाए। बुडिमिरले खेलको ५४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई १–० अग्रता बनाए। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पानामाले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। ु

समूह एलमै रहेको इंग्ल्यान्ड भने घानासँग गोलरहित बराबरीमा रोकियो। घानाको डिफेन्सले उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्यान्डलाई रोकेको हो। 

बराबरीपछि इंग्ल्यान्ड ४ अंकसहित समूहको शीर्ष स्थानमा छ। ४ अंकका साथ घाना दोस्रो र ३ अंकका साथ क्रोएसिया तेस्रो स्थानमा छ। पानामा भने अंकबिहीन छ।

प्रकाशित मिति: १२:१७ बजे, बुधबार, असार १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्