Kathmandu Press

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

काठमाडौं, असार १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको सचिवालयका तीन जनाले केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दिएका छन्। 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

Hardik ivf

राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिएका छन्। यसैगरी, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले रास्वपाको खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको हुन्। 

स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन्। 

प्रकाशित मिति: १०:१६ बजे, बुधबार, असार १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्