Kathmandu Press

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध र गैरकानुनीपूर्ण भएको एमालेको ठहर

पार्टीले सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको उक्त गिरफ्तारीमा कुनै वस्तुपरक तथ्य वा प्रमाण प्रस्तुत नगरिएको दाबी गरेको छ।
विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध र गैरकानुनीपूर्ण भएको एमालेको ठहर

काठमाडौं, असार १० : नेपाल एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधबाट प्रेरित र गैरकानुनी कदम भएको ठहर गरेको छ। 

मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पौडेलको गिरफ्तारीको राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।

Hardik ivf

पार्टीले सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको उक्त गिरफ्तारीमा कुनै वस्तुपरक तथ्य वा प्रमाण प्रस्तुत नगरिएको दाबी गरेको छ। एमालेले यस घटनालाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको परिणामका रूपमा व्याख्या गरेको छ।

बैठकले विशेष अदालतले अनुसन्धानका क्रममा पूर्वापक्षका लागि थुनामा राख्न दिएको आदेशप्रति पनि असहमति जनाएको छ। पार्टीका अनुसार उक्त आदेश न्यायसम्मत नरहेको निष्कर्ष निकालिएको छ।

सचिवालय बैठकले उपाध्यक्ष पौडेलको बिनासर्त तथा अविलम्ब रिहाइको माग गरेको छ। 

प्रकाशित मिति: ०९:४० बजे, बुधबार, असार १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्