कोरोनाविरूद्ध फ्रन्टलाइनमा खटिएकाबाहेक सबै सरकारी कर्मचारीको भत्ता कटौती
काठमाडौं, जेठ १५ : सरकारले सरकारी कर्मचारी तथा अन्य निकायका पदाधिकारीले लिँदै आएको सबै खालका भत्ता खारेज गरेको छ।
बिहीबार आर्थिक वर्ष २....

काठमाडौं, जेठ १५ : सरकारले सरकारी कर्मचारी तथा अन्य निकायका पदाधिकारीले लिँदै आएको सबै खालका भत्ता खारेज गरेको छ।
बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोकथामका खटिएका राष्ट्रसेवक कर्मचारीबाहेक अन्यलाई दिँदै आएको बैठक लगायत सबै भत्ता खारेज गरिएको जानकारी दिएका हुन्।
यस्तै, अर्थमन्त्री खतिवडाले आन्तरिक र वैदेशिक भ्रमणमा पनि पूर्ण रोक लगाइएको बताए। उनले सवारी मर्मत, खरिद तथा इन्धन पनि कटौती गरिएको घोषणा गरेका छन्।
प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











