सेनेगललाई ३-२ ले पराजित गर्दै नर्वे नकआउटमा प्रवेश
नर्वेको जितमा एर्लिङ हलाण्डले दुई गोल गरे भने मार्कसले १ गोल गरे । हलाण्डले खेलको ४८ औँ ५८ औँ मिनेटमा गोल गरेका थिए । विश्वकपका हालसम्मका खेलमा हलाण्डले चार गोल गरेका छन् ।
काठमाडौं, असार ९ : विश्वकपमा समूह चरणको दोस्रो खेलमा पनि नर्वे विजयी भएको छ । सेनेगललाई ३-२ पराजित गर्दै नर्वे नकआउट चरण्मा प्रवेश गरेको हो ।
नर्वेको जितमा एर्लिङ हलाण्डले दुई गोल गरे भने मार्कसले १ गोल गरे । हलाण्डले खेलको ४८ औँ ५८ औँ मिनेटमा गोल गरेका थिए । विश्वकपका हालसम्मका खेलमा हलाण्डले चार गोल गरेका छन् ।
यस्तै, मार्कसले ४३ औँ मिनेटमा गोल गरेका थिए । यस्तै, सेनेगलका लागि इसामेल सारले २ गोल गरे । उनले खेलको ५१ औँ मिनेट र इन्जुरी टाइममा गोल गरेका थिए ।
नर्वेले पहिलो खेलमा इराकलाई ४-१ ले पराजित गरेको थियो । यस्तै, सेनेगल फ्रान्ससँग ३-१ ले पराजित भएको थियो ।
प्रकाशित मिति: ०८:१४ बजे, मंगलबार, असार ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार