Kathmandu Press

सांसद विकास कोषको बजेट घट्यो, एउटा निर्वाचन क्षेत्रलाई अब चार करोडमात्रै

काठमाडौं, जेठ १५ :  सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट घटाएको छ। 

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजे....

सांसद विकास कोषको बजेट घट्यो, एउटा निर्वाचन क्षेत्रलाई अब चार करोडमात्रै
फाइल

काठमाडौं, जेठ १५ :  सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट घटाएको छ। 

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट घटाइएको जानकारी दिएका हुन्। 

प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित १६५ सांसदलाई दिइने ६ करोड रुपैयाँबाट घटाएर चार करोडमा सीमित गरिएको हो। त्यसका लागि आगामी आर्थिक वर्षका लागि सरकारले ६ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए।

सांसद विकास कोषबाट समेत चिनिने उक्त कार्यक्रममा हरेक निर्वाचन क्षेत्रका अघिल्लो आर्थिक वर्षमा ६ करोड रुपैयाँ छुट्याइएको थियो।

यस कार्यक्रममा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा कार्यक्रम पूर्वाधार समिति हुन्छ। समितिमा प्रतिनिधिसभा समानुपातिक सदस्य, राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, निर्वाचन क्षेत्रभित्र पर्ने गाउँ कार्यपालिका अध्ययक्ष र नगर कार्यपालिका प्रमुख सदस्य हुन्छन्।

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्