Kathmandu Press

पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन 

पछिल्लो समय दमको समस्या बढेपछि खरेललाई फ्रन्टलाइन अस्पतालमा उपचारका लागि राखिएको थियो।
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन 

काठमाडौं, असार ८ : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन भएको छ। बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको ८० वर्षको उमेरमा हिजोराति पौने १० बजे निधन भएको हो। 

पछिल्लो समय दमको समस्या बढेपछि खरेललाई फ्रन्टलाइन अस्पतालमा उपचारका लागि राखिएको थियो। खरेल विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद् सदस्य निर्वाचित भएका थिए । खरेलले कांग्रेसको नेतृत्वसँग निकट रहेर काम गरेका थिए।

स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ । केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिनेछ।

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, असार ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्