Kathmandu Press

इरान र बेल्जियमसँगको खेल गोलरहित बराबरीमा 

खेलको पहिलो हाफको २४ औँ मिनेटमा इरानका मेहेदी तोरबीले बेल्जियमको पोस्टमा बल छिराएका थिए । भीएआएर चेकबाट उनको पोजिसन अफसाइड निर्क्यौल भएसँगै त्यसले गोलको मान्यता पाएन ।
इरान र बेल्जियमसँगको खेल गोलरहित बराबरीमा 

काठमाडौं, असार ८ : विश्वकपमा इरान र बेल्जियमबीच समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

खेलको पहिलो हाफको २४ औँ मिनेटमा इरानका मेहेदी तोरबीले बेल्जियमको पोस्टमा बल छिराएका थिए । भीएआएर चेकबाट उनको पोजिसन अफसाइड निर्क्यौल भएसँगै त्यसले गोलको मान्यता पाएन ।

Hardik ivf

त्यसपछि बेल्जियमले पटक पटक इरानको पोस्टमा बल प्रहार गरेको थियो । बेल्जियमका सबै प्रहारलाई इरानी गोलरक्षक एरिरजा बेरानभान्डले जोगाएका थिए । खेलमा बेल्जियमका नथान एनग्योएले रातो कार्ड पाएका थिए ।

दुवै टोलीले समूह चरणका पहिलो खेल बराबरीमा टुंग्याएका थिए । बेल्जियम र इजिप्ट तथा इरान र न्युजिल्याण्डबीचको खेल बराबरी भएको थियो ।

प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, असार ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्