गाेलिकपरकाे नायकी प्रदर्शनमा कुरासाओले इक्वेडरलाई बराबरीमा राेक्याे, जाेड्याे विश्वकपकाे पहिलाे अंक
यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । क्युरासाओ जर्मनीसँग ७-१ ले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १-० ले पराजित भएको थियो ।
काठमाडौं, असार ७ : १ लाख ५० हजार मात्र जनसंख्या रहेकाे फिफा विश्वकपकाे डेब्यूटान्ड कुरासाओलेले पहिलाे अंक जाेडेकाे छ।
गाेलकिपर इलाेइ रूमले नायकी प्रदर्शन गरेपछि कुरासाओले इक्वेडरलाई गाेलरिहत बराबरीमा राेक्दै विश्वकपमा अंककाे खाता खाेलेकाे हाे।
खेलमा रूमले १५ सेभ गरेका थिए। याे सन् २०१४ पछिकाे सर्वाधिक सेभ हाे। सन् २०१४मा अमेरिकाका टिम हाेवार्डले बेल्जियमविरूद्ध १६ सेभ गरेका थिए।
यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। कुरासाओ जर्मनीसँग ७-१ ले पराजित हुँदा इक्वेडर आइभरीकोस्टसँग १-० ले पराजित भएको थियो।
नतिजा बराबरी भएसँगै दुवै टोलीले १-१ अंक जोडेका छन्।
प्रकाशित मिति: ०९:०७ बजे, आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1782029720.jpg)






.jpg-1782019490.webp)

