Kathmandu Press

स्विडेनमाथि नेदरल्यान्ड्सको शानदार जित

कोडी गाक्पो र ब्रायन ब्रोबेयले समान दुई–दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल गरेका थिए । खेलको पाँचौँ मिनेटमै ब्रोबेयले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । १७औँ मिनेटमा डेन्जेल डम्फ्रिसको क्रस डिफ्लेक्ट हुँदै ब्रोबेयको सामु पुगेपछि उनले दोस्रो गोल गरे ।
स्विडेनमाथि नेदरल्यान्ड्सको शानदार जित

काठमाडौं, असार ७ : फिफा विश्वकपमा नेदरल्यान्ड्सको शानदार जित निकालेको छ। 

ह्युस्टन स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनमााथि ५–१ को सानदार जित निकाल्यो। उसले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल ग¥यो। 

Hardik ivf

नेदरल्यान्ड्सका लागि कोडी ग्याक्पो र ब्रायन ब्रेबोले समान दुई गोल गरे भने क्रिसेन्सियो समरविलले एक गोल गरे। स्वीडेनका एन्थोनी इलांगाले गोल गरे।

खेलको पाँचौँ मिनेटमै ब्रेबोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। १७औँ मिनेटमा डेन्जेल डम्फ्रिसको क्रस डिफ्लेक्ट हुँदै आएको बेलमा ब्रेबोले नै गोल गर्दए टिमको अग्रता दोब्बर बनाए। 

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै ग्याक्पोले नेदरल्यान्ड्सलाई ३–०को अग्रता दिलाए। ५४औँ मिनेटमा गाक्पोले दोस्रो गोल गर्दै स्कोर ४–० पुर्‍याए।

५९औँ मिनेटमा स्वीडेनका वैकल्पिक खेलाडी एन्थोनी इलांगाले उत्कृष्ट फिनिसिङमार्फत एक गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे। तर खेलको अन्त्यतिर समरभिलले गोल थप्दै नेदरल्यान्ड्सलाई ५–१ को शानदार जित दिलाए।

यता, विश्वकपमा स्वीडेन लगातार खेलमा ५–१को जित र ५–१कै हार व्यहोर्ने पहिलो टिम बनेको छ। जितपछि नेदरल्यान्ड्स चार अंकसहित समूह एफको शीर्ष स्थानमा पुगेको छ। स्वीडेन दोस्रो स्थानमा छ।

प्रकाशित मिति: ०९:०१ बजे, आइतबार, असार ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्