सहकारी आन्दोलनले महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री पौडेल
‘सहकारिताले महिलाहरूलाई बचत लगानी, उद्योमशिलता, रोजगार क्षेत्रमा अत्यन्तै ठुलो महत्त्वपूर्ण भूमिका खेलेको छ। विश्वमा महिलाहरूको सहभागिता विना दिगो विकासको परिकल्पना सकिदैन्,’ उनले भनिन्।
काठमाडौं, असार ६ : बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सहकारी आन्दोलनले विश्वभर आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पु¥याउँदै आएको बताएकी छन्।
शनिबार अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको कार्यक्रममा बोल्दै उनले विशेषगरी महिला सशक्तीकरण, आत्मनिर्भरता तथा नेतृत्व विकासमा सहकारी क्षेत्रको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताएकी हुन्।
‘सहकारी आन्दोलनले विश्वभर आर्थिक सामाजिक सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विशेषगरी महिलाको सशक्तीकरण र आत्मनिर्भरता र नेतृत्व विकासमा सहकारीको भूमिका अत्यन्तै प्रशसनीय छ,’ उनले भनिन्।
उनले सहकारितामार्फत महिलाहरूले बचत, लगानी, उद्यमशीलता, रोजगारी तथा निर्णय प्रक्रियामा सहभागिताको अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।
‘सहकारिताले महिलाहरूलाई बचत लगानी, उद्योमशिलता, रोजगार क्षेत्रमा अत्यन्तै ठुलो महत्त्वपूर्ण भूमिका खेलेको छ। विश्वमा महिलाहरूको सहभागिता विना दिगो विकासको परिकल्पना सकिदैन्,’ उनले भनिन्।
महिलाको सक्रिय सहभागिताविना दिगो विकासको परिकल्पना सम्भव नभएको उल्लेख गर्दै उनले महिलाहरू परिवारका आधारस्तम्भ मात्र नभई समाज, राष्ट्र र विश्व अर्थतन्त्रका प्रमुख चालक शक्ति रहेको बताइन्।
‘महिलाहरू केवल परिवारका आधारस्तम्भ मात्र होइन समाज र राष्ट्र विश्व अर्थतन्त्रका महत्त्वपूर्ण चालक शक्ति पनि हुन्। त्यसैले सहकारी क्षेत्रले महिलाहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि र आर्थिक अवसर विस्तारमा अझ बढी ध्यान दिइरहेको छ,’ उनले भनिन्।
उनले सहकारी क्षेत्रले महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा आर्थिक अवसर विस्तारका लागि अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन्।












