Kathmandu Press

कोशी प्रदेशबाट भित्रियो मनसुन 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन आगमन बुलेटिन अनुसार कोशी प्रदेशको केही भूभागबाट मनसुन नेपाल भित्रिएको हो। 
कोशी प्रदेशबाट भित्रियो मनसुन 

काठमाडौं, असार ६ : शुक्रबारदेखि नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रुपमा प्रवेश गरेको छ । 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन आगमन बुलेटिन अनुसार कोशी प्रदेशको केही भूभागबाट मनसुन नेपाल भित्रिएको हो। 

यद्यपी, नेपालका अन्य भूभागमा भने मनसुन फैलिन अझै केही दिन लाग्नेछ।

विभागका अनुसार बंगालको खाडीबाट विकसित मनसुनी वायु नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको छ । हाल मनसुनको प्रभाव विशेषगरी कोशी प्रदेशका केही क्षेत्रमा देखिएको छ।

अहिले मनसुन कमजोर अवस्थामै रहे पनि आगामी केही दिनमा क्रमशः देशका अन्य भूभागमा समेत फैलिने सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: १२:०० बजे, शनिबार, असार ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्