Kathmandu Press

रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै 

करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक—धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ।
रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै 

काठमाडौं, असार ६ : रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज (शनिबार) भोटो जात्रा मनाइँदै छ। 

जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ। करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक—धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ।

परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती लगिनेछ । ६महिनासम्म बुङ्मतीमा राखेपछि साइत हेरी पुनः पाटनस्थित मच्छिन्द्रबहाल ल्याइने चलन छ।

प्रकाशित मिति: ०७:५९ बजे, शनिबार, असार ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्