‘बोनम्यारो’ पीडित बालक बिपिनको जीवन रक्षाका लागि परिवारको गुहार
बिरामी बालक बिपिनका परिवार भने आर्थिक अभावले यतिबेला इन्तु न चिन्तुको अवस्थामा छ । बिपिनका पिता रामप्रसाद शर्माले विपन्न परिवार रहेका कारण उपचार खर्चका लागि आर्थिक अवस्था अत्यन्त कमजोर भएको बताए।
काठमाडौं, असार ५ : बागलुङ जैमिनी नगरपालिका–१, कुश्मिसेरा भण्डार निवासी ११ वर्षीय बालक बिपिन शर्मा दुर्लभ रोग ‘बोनम्यारो’ बाट ग्रसित छन्।
गम्भीर रोगका कारण उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको परिवारले बताएको छ। बिपिन अहिले कक्षा– ६ मा पढ्दैछन् । यतिबेला बिपिनको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । चिकित्सकहरूले उनको जीवन रक्षा गर्न बोनम्यारो प्रत्यारोपण आवस्यक रहेको बताएका छन्।
बिरामी बालक बिपिनका परिवार भने आर्थिक अभावले यतिबेला इन्तु न चिन्तुको अवस्थामा छ । बिपिनका पिता रामप्रसाद शर्माले विपन्न परिवार रहेका कारण उपचार खर्चका लागि आर्थिक अवस्था अत्यन्त कमजोर भएको बताए।
‘डाक्टरहरुले उपचारका लागि धेरै खर्च आवस्यक पर्ने भनेका छन्। आर्थिक अवस्था नाजुक हुँदा बोन म्यारो प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन जटील समस्या छ । के गरौं, कहाँ जाउँ । हामी उपायविहीन भएका छौं,’ शर्माले भने, ‘‘परोपकारी दयालु मन हुने महानुभावहरुसँग आर्थिक सहयोगको याचना गर्दछु । सबैको सहयोगबाट छोराले जीवन रक्षा हुने विश्वास छ।’
बिपिनकी आमा शान्ति देवी शर्माले उपचारका निम्ति आर्थिक समस्यामा परेको दर्द सुनाइन्। विरामी छोराको उपचारका लागि उनी अहिले आर्थिक अभावको पीडिा झेलिरहेकी छिन्। ‘‘
स्थानीय शिक्षक रेशम शर्माले बिपीनको जीवन बचाउन परिवारले सक्दो प्रयास गरिरहेको भए पनि विपन्नताका कारण ठूलो पीडामा रहेको बताए।












