कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष
काठमाडौं, जेठ १५ : सरकारले महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष स्थापना गर्ने भएको छ।
बिहीबा....

काठमाडौं, जेठ १५ : सरकारले महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष स्थापना गर्ने भएको छ।
बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष स्थापना गरिने जानकारी दिएका हुन्।
कोरोनाका कारण समस्यामा परेका साना तथा लघुउद्यम तथा पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा गर्ने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए।
उनले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिइने पनि बताए।











