खेलकुदको बजेट १ अर्ब ६३ करोड घट्यो
काठमाडौं, जेठ १५ : गत वर्षकाे तुलनामा आर्थिक वर्ष २०७७-०७८ को खेलकुदको बजेट १ अर्ब ६३ करोड रुपैयाँ घटेको छ । सरकारले चालु आर्थिक वर्षका लागि....

काठमाडौं, जेठ १५ : गत वर्षकाे तुलनामा आर्थिक वर्ष २०७७-०७८ को खेलकुदको बजेट १ अर्ब ६३ करोड रुपैयाँ घटेको छ । सरकारले चालु आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ खर्ब ३६ करोड बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०७६-७७ मा खेलकुदको बजेट ३ अर्ब ९९ करोड थियो।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको चालू आर्थिक वर्षको बजेटमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले प्राथमिकतामा राखेको छ।
यस्तै, कणाली प्रदेशमा खेदकुदको विकासका लागि उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन र सबै स्थानीय तहमा खेलग्राम विकास गरिने बजेट बिनियोजन गरिएको छ।
प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











