Kathmandu Press

क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, केनले गरे दुई गोल 

अमेरिकामा भएको खेलमा इंग्ल्याण्ड ४-२ ले विजयी भएको छ । इंग्ल्याण्डका लागि कप्तान ह्यारि केनले सर्वाधिक दुई गोल गरे । खेलको पहिलो हाफको १० मिनेटमा उनले पेनाल्टी प्रहार गर्दै गोल गरे ।
क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, केनले गरे दुई गोल 

काठमाडौं, असार ४ : क्रोएसियाविरुद्धको खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।

अमेरिकामा भएको खेलमा इंग्ल्याण्ड ४-२ ले विजयी भएको छ । इंग्ल्याण्डका लागि कप्तान ह्यारि केनले सर्वाधिक दुई गोल गरे । खेलको पहिलो हाफको १० मिनेटमा उनले पेनाल्टी प्रहार गर्दै गोल गरे ।

Hardik ivf

क्रोएसियाका कप्तान लुका मोड्रिचले फाउल गरेपछि केनले पेनाल्टी प्रहारको मौका पाएका थिए । उक्त मौकालाई उनले गोलमा परिणत गरेका हुन्। केन विश्वकपमा पेनाल्टीमार्फत सर्वाधिक पाँच गोल गर्ने खेलाडी बनेका छन् ।

दोस्रो हाफको ४१ औँ मिनेटमा डेक्लान राइसको पासलाई उत्कृष्ट हेड गर्दै उनले बललाई जाली चुमाए । खेलमा दुई गोल गरेसँगै उनले विश्वकपमा गोल संख्या १० पुर्‍याएका छन् भने इंग्ल्याण्डका लागि ८१ गोल जोडेका छन् ।

यता, क्रोएसियाका पेटर सुुसिकले पहिलो हाफको ३६ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए । लगत्तै केनले गोल गरेपछि इंग्ल्याण्डको अग्रता कायम भएको थियो ।
पहिलो हाफ समाप्तिको सिठ्ठी बज्नुअघि क्रोएसियाका पिटर मुसाले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफको ४७ औँ मिनेटमा इंग्ल्याण्डका जुड बेलिंघमले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्‍याए । ८५ औँ मिनेटमा साकाले दिएको पासलाई मार्कस रासफोर्डले गोलमा परिणत गरे । 
जितसँगै इंग्ल्याण्डले तालिकामा तीन अंक जोडेको छ ।

प्रकाशित मिति: ०८:०६ बजे, बिहीबार, असार ४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्